प्रधानमन्त्रीका सल्लाहाकारहरु सामूहिक राजीनामा दिने तयारीमा

डिसी नेपाल
२३ कार्तिक २०७६ १६:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीका सचिवालय सदस्यहरुकै कारण वर्तमान सरकार अलोकप्रियम भएको चर्चा चलिरहेका बेला उनीहरुले राजीनामा दिन लागेका हुन्।

प्रधानमन्त्री ओली सल्लाहाकारहरुसँग असन्तुष्ट बनेपछि उनीहरुले राजीनामा दिन लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ। उनीहरुले मंसिर पहिलो हप्ता राजीनामा दिने तयारी गरेको जनाइएको छ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *