भक्तपुरका किसानलाई धान भित्र्याउन भ्याईनभ्याई (फोटोफिचर)

डिसी नेपाल
२५ कार्तिक २०७६ १२:३८

काठमाडौं। चाडवाड सकिएर धान पाक्न थालेसँगै भक्तपुरका किसानहरु यति बेला धान भित्र्याउन व्यस्त देखिन्छन्।

भक्तपुरका विभिन्न स्थानमा किसानहरुलाई काटेर ल्याइएको धान सुकाउन भ्याईनभ्याई छ।

यस्तै सोमबार भक्तपुर दरबार स्क्वायर नजिकै रहेको भेलुखेलका किसान ध्यान सुकाउन व्यस्त देखिन्थे।

 

 

कोही नाङ्लोबाट धान केलाउँदै थिए त कोही भने विभिन्न औजारको प्रयोगबाट धान सुकाइरहेका थिए।

यस वर्ष नेपालीको महान चाड दशैं तिहार सकिएर मात्रै धान पाकेको हुनाले किसानलाई सहज भएको छ।

अन्य वर्ष दशैं तिहार सुरु हुनै लाग्दा धान पाक्नाले किसानहरुलाई निकै चटारो पर्दथ्यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *