भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन (फोटोफिचर)

डिसी नेपाल
२६ कार्तिक २०७६ १०:३८

काठमाडौं। भारतले नेपाली भू–भाग कालापानी, लिपुलेक तथा लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर नयाँ नक्शा जारी गरेपछि त्यसको विरोधमा काठमाडौंमा दैनिक जसो प्रदर्शन भइरहेका छन्।

भारतले मिचेरको नेपाली भूमी फिर्ता ल्याउन सरकारलाई खबरदारी गर्ने उद्देश्यले मंगलबार विहान नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पशुपति क्याम्पस चाबहिलमा प्रदर्शन गरेको छ। विद्यार्थीहरुले नेपाली भूमि फिर्ता गर्न पहल गर्न सरकारलाई खबरदारी गर्दै प्रदर्शन गरेका हुन्।

भारतले नेपाली भूमिलाई समेटेर नयाँ नक्शा जारी गरेपछि त्यसको सवत्र विरोध भइरहेको छ। सरकारले भारतले जारी गरेको नयाँ नक्सा नेपाल सरकारलाई अमान्य हुने जनाइसकेको छ।

प्रधानमन्त्री केपी ओलीले दिन अगाडि सर्वदलीय बैठक बोलाइ भारतले मिचेको नेपाली भूमिका विषयमा साझा धारणा बनाउन प्रस्ताव गरेका थिए। उक्त बैठकले नेपाली भूमि मिचिएको ठहर गर्दै भारत सरकारसँग कुटनीतिक माध्यमबाट पहल गर्न सुझाव दिएको थियो।

सबै फाेटाे साैजन्य यूपी लामिछाने:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *