माकुराको नाम सचिन तेन्दुलकर !

डिसी नेपाल
२७ कार्तिक २०७६ १३:१२

एजेन्सी। भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्करले क्रिकेट खेलमा पुर्‍याएको योगदानको कदर गर्दै उनका फ्यानले बेलाबेलामा विभिन्न तरिकाले कृतज्ञता व्यक्त गर्छन्। हालसालै तेन्दुल्करका एक फ्यानले उनलाई अनौठो तरिकाले आफ्नो माया र सम्मान व्यक्त गरेका छन्। ती फ्यान हुन्, माकुरा वर्गीकरणमा पिएचडी गरिरहेका अनुसन्धानकर्ता ध्रुव प्रजापति।

प्रजापतिले अनुसन्धानका क्रममा भेटिएको दुई नयाँ प्रजातिका माकुरामध्ये एकलाई पूर्वक्रिकेटर तेन्दुल्करको नाम दिएका छन्। ‘मैले एउटा माकुराको नाम मारेन्गो सचिन तेन्दुल्कर राखेको छु किनभने सचिन मेरो मनपर्ने क्रिकेटर हुन्,’ उनले टाइम्स अफ इन्डियालाई भनेका छन्, ‘अर्को माकुराको नाम सेन्ट कुरियाकोसे एलियाज चाभराबाट प्रेरित छ जो केरेलामा शिक्षाबारे जनचेतना फैलाउने अभियान्ता थिए।’

ती दुई प्रजाति एसियाली जम्पिङ माकुराको इन्डोमारेन्गो र मारेन्गो जातको अंश भएको उनको दाबी छ। उनको यस अध्ययनको निष्कर्ष रसियाली जर्नलमा सेप्टेम्बरको अंकमा छापिएको थियो। प्रजापति गुजरात इकोलोजिकल एजुकेसन एण्ड रिसर्च फाउन्डेसनका कनिष्ठ अनुसन्धानकर्ता भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *