इमर्जिङ टिम्स कपका लागि बंगलादेशमा यसरी तयारी गर्दैछ नेपाल, ४८ तस्वीरमा हेर्नुहोस
काठमाडौं। बंगलादेशमा बिहीबार एसीसी इमर्जिङ टिम्स कप क्रिकेट हुँदैछ। दक्षिण एशियाली क्रिकेट महाराथी भारतसँगसमेत खेल्ने अवसर पाउने नेपाल यो प्रतियोगिताका लागि तयार भइसकेको छ। नेपाली क्रिकेट टिम बंगलादेशमा छ।
बुधबार नेपाली क्रिकेटरले बंगलादेशमा अभ्यास गरेका छन्। नेपाली क्रिकेट टिमका भिडियो एनालाईसिस रमन शिवाकोटीले दिएको जानकारी अनुसार बुधबार प्रमुख प्रशिक्षक उमेश पटुवालले नेपाली खेलाडीलाई बंगलादेशमा क्रिकेटका टेक्निकबारे सिकाए। त्यहाँको पीचअनुसार कसरी खेल्ने भन्नेबारे पनि नेपाली क्रिकेटरले अभ्यास गरेका छन्।

तस्वीर सौजन्य : रमन शिवाकोटी
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment