बोल्टले अब मुम्बईबाट खेल्ने
नयाँ दिल्ली (एजेन्सी)। फ्रेन्चाइज क्रिकेटको सर्वाधिक चर्चित लीग इण्डियन प्रिमियर लीग (आईपीएल)को आगामी सिजनका लागि खेलाडीहरुको ट्रान्सफर भइरहेको छ।
हालै किंग्स एलेभन पञ्जावका कप्तान स्पीनर रविचन्द्रन आश्विन दिल्ली क्यापिटल्समा आएका थिए। अब दिल्ली क्यापिटल्सका पेस बलर न्यूजिल्याण्डका खेलाडी ट्रेन्ट बोल्ट मुम्बई इण्डियन्स गएका छन्। आईपीएलले बुधबार बोल्ट मुम्बई इण्डियन्सबाट आगामी सिजन खेल्ने जनाएको छ।

यस्तै पञ्जावका अंकित राजपुत राजस्थान रोयल्स गएका छन्। खेलाडीको लिलामी बाँकी रहँदै खेलाडीहरु ट्रान्सफर भइरहेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment