एसीसी इमर्जिङ कपः भारतविरुद्ध पवन सर्राफको आक्रामक अर्धशतक

डिसी नेपाल
२८ कार्तिक २०७६ ११:५६

काठमाडौं। बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कपमा नेपाली ब्याट्सम्यान पवन सर्राफले आक्रामक अर्धशतक बनाएका छन् । उनले ७ चौका र २ छक्काको मद्दतमा ३९ बलमा अर्धशतक बनाएका हुन् ।

४२ ओभरको खेल सकिँदासम्म नेपालले ७ विकेटको क्षतिमा १७५ रन बनाएको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्यमै आउट भएका थिए । त्यसपछि कुशल भुर्तेलले २८, शरद भेषावकरले ४४, आरिफ शेखले २, दिपेन्द्र सिंह ऐरीले २४, विनोद भण्डारीले ५, सोमपाल कामीले २ रन बनाए । ४२ ओभरको खेल सकिँदा पवन सर्राफ ५६ र करण केसी ५ रनमा नटआउट छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *