भारतसँग नेपाल पराजित

डिसी नेपाल
२८ कार्तिक २०७६ १२:११

काठमाडौं । भारतको राष्ट्रिय टिमसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिम पराजित भएको छ । बैंगलोरमा बुधबार साँझ भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ को सेटमा पराजित भएको हो ।

साउदर्न साई कभर्डहलमा पाँच सेटको खेलमा नेपाल भारतसँग १७–२५, १८–२५, २०–२५, १९–२५ र २५–२३ ले पराजित भएको हो । मैत्रीपूर्ण भएको कारण खेल पाँच सेटको खेलिएको थियो ।

वैदेशिक प्रशिक्षणका लागि भारतमा रहेको नेपाली टिमले अब शुक्रबार दोस्रो मैत्रीपूर्ण र मंसिर २ गते तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न नेपाली टिम भारत गएको हो ।

सागको लागि भारतीय टिम पनि बैंगलोरमा प्रशिक्षण गरिरहेका छन् । नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *