बङ्गलादेशका राष्ट्रपति हमिद पाेखरामा जलविहार गर्दै (फाेटाेफिचर)

डिसी नेपाल
२८ कार्तिक २०७६ १३:२९

पाेखरा। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार गरेका छन्। फेवातालको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

राष्ट्रपति हमिदको फेवातालमा जलविहार सम्पन्न भएपछि उनको सम्मानमा फिस्टेल होटलमा दिवाभोजको आयोजना गरिएको छ।

उक्त दिवाभोजमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायतको सहभागिता रहनेछ।

त्यसपछि, राष्ट्रपति हमिद रुपाकोट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ।

सबै तस्वीर : रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *