सेन्ट्रल जोन महिला भलिबलः नेपाल र माल्दिभ्सको फाइनल खेल सुरु (लाइभ भिडियो)

डिसी नेपाल
२८ कार्तिक २०७६ १४:५२

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले माल्दिभ्संग प्रतिस्पर्धा गरिरहेको छ । बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा खेल सुरु भएको छ ।

समूह चरणको शीर्ष स्थानमा रहँदै फाईनल पुगेको नेपालले सहजै उपाधि जित्ने अनुमान गरिएको छ । लामो समय अन्तराष्ट्रिय उपाधिबाट तड्पिएको नेपाललाई बंगलादेशमा ईतिहास रच्ने अवसर समेत छ । समूह चरणको सबै खेलमा प्रभावशाली जित निकाल्दै सतप्रतिशत नजिता सहित नेपाल फाईनल पुगेको हो। समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई समान ३–० ले हराएको टिमसंग नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

सोही कारण पहिलो संस्करणको एभिसी महिला सेन्ट्रल जोनको उपाधि नेपालले जित्ने आशा गरिएको छ। प्रतियोगितामा नेपालले अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो । पहिलो संस्करणको प्रतियोगितामा नेपाल सहित पाँच राष्ट्र सहभागी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *