एक वर्षभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मन्त्री भट्टराईको घोषणा

डिसी नेपाल
२८ कार्तिक २०७६ १६:३७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्ष भित्र निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्षभित्र सञ्चालनमा आउने गरी काम भईरहेको दावी गरे ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड दिनुपर्ने बताए ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबारे नकारात्मक टिप्पणी आउने गरेकाले त्यसको सुधारमा केन्द्रित हुनु परेको पनि मन्त्री भट्टराईको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *