तेस्रो खेलमा पनि नेपाल पराजित

डिसी नेपाल
२९ कार्तिक २०७६ २२:०३

काठमाडौं । भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित भएको छ।

शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतको बी टिमसँग २ विकेटले पराजित भएको हो।

नेपालले दिएको २ सय ११ रनको मध्यम लक्ष्य भारतले ४६ ओभर ३ बलमा ८ विकेट गुमाएर पुरा गर्यो।

भारतको जितका दिभ्यनास जोशीले ५४ रनको अर्धशतकीय इनिङ्स खेले। ३७ बल खेलेका उनले आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बनाए।

यस्तै कृतिक कृष्ण शेट्टिले ३९, हर्ष राजेस जम्वालले २९, सागर सुरेन्द्र कुमार दहियाले २८, आथर्भा बिनोदले १२ तथा निर्मल कुमारले अविजित २० रन बनाए।

नेपालका आकाश चन्दले ४ तथा सागर ढकालले २ विकेट लिए। यस्तै कुशल मल्ल र शेर मल्लले १–१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १० रन बनाएको थियो।

नेपालका कप्तान रित गौतमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । ९३ बल खेलेका रितले १२ चौका र १ छक्का प्रहार गरे।

यस्तै शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकास चन्दले १८ र कुशल मल्लले १२ रन बनाए।

भारतका दिभ्यनास जोशीले ३ तथा अथर्भा बिनोद अन्कोलेकरले २ विकेट हात परे।

यो हारसँगै अंक तालिकाको पुछारमा रहेको नेपालले तेस्रो स्थानका लागि तालिकाको तेस्रो स्थानमा रहने टिमसँग आइतबार खेल्नेछ।

यसअघि दुई खेलमा नेपाल भारतको सी टिमसंग १० विकेट र भारत ए टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *