मोर्गन र रसेलले तुफानी ब्याटिंग गर्दै जिताए आ-आफ्नो टिमलाई

डिसी नेपाल
२९ कार्तिक २०७६ २२:४०

आबुधावी। युएईको आबुदावीमा शुक्रबार भएको टी १० लिग क्रिकेटमा नर्दन वारियर्स र दिल्ली ब्लुज विजयी भएका छन्।

पहिलो खेलमा वारियर्सले आन्द्रे रसेललको विस्फोटक ब्याटिंगमा मराठा अरवियन्सलाई नौ विकेटले हरायो।

पहिले ब्याटिङ गरेको मराठाले १० ओभरमा ६ विकेट गुमाउँदै ८० रन बनायो। उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके। जसमा डासुन सनाकाले ३७ तथा चाडविंक वाल्टोनले २४ रन बनाए। अरु खेलाडी सस्तैमा आउट भए। बलिङमा क्रिस उड र आन्द्र रसेलले दुई दुई विकेट लिए।

जवाफमा नर्दन वारियर्सले सात ओभरमा नै मात्र एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। उसका लागि आन्द्रे रसेलले विस्फोटक रुपमा अर्धसतक बनाए। जसमा उनले २४ बलमा चार चौका र ६ छक्काको मद्दतमा ५८ रन बनाए । यस्तै जर्ज मुन्सीले २४ रन बनाए।

दोस्रो खेलमा दिल्लीले डेक्कन ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्यो। १०३ रनको लक्ष्य पाएको दिल्लीले ३ विकेटको क्षतिमा २ बल बाँकी रहँदा लक्ष्य पूरा गर्यो।

दिल्लीको जितमा कप्तान इयन मोर्गनले विस्फोटक ब्याटिंग गरे। उन २७ बलमा ५२ रन बनाउँदै नटआउट रहे। यस्तै एन्जोलो म्याथ्युज २२ बलमा नटआउट रहे।

ग्लाडियटर्सका लागि अफगानी खेलाडी जहिर खानले २ ओभरमा ३ विकेट लिएपछि संकटमा देखिएको दिल्लीलाई मोर्गन र म्याथ्युजले जितसम्म पुर्याए।

यसअघि पहिला ब्याटिंग गरेको ग्लाडियटरर्सका लागि कप्तान शेन वाट्शनले ३१ बलमा ५७ रन बनाएका थिए। दुई खेलमा ३ अर्धशतक बनेका छन्।

नेपालका पूर्व कप्तान पारस खड्काको टिम आबुधावीले शुक्रबार राति खेल्दैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *