पारसले बनाए ३ रन, क्लान्दरलाई १०४ को लक्ष्य

डिसी नेपाल
२९ कार्तिक २०७६ २३:४३

काठमाडौं। यूएईको आबुधावीमा शुक्रबार शुरु भएको टि टेन लिगमा नेपालका पूर्व कप्तान पारस खड्का आवद्ध टिम आबुधाबीले क्लान्दरलाई १०४ रनको लक्ष्य दिएको छ।

पहिला ब्याटिंग गरेको टिम आबुधाबीले ५ विकेट १०३ रन बनायो। पारस खड्का ३ बलमा ३ रन बनाएर नटआउट रहे।

टिम आबुधाबीका लागि कोरी एण्डरशनले सर्वाधिक ४३ रन बनाए भने ल्यूक राईटले २० रन बनाए। यस्तै निरोशन डिकवालाले १७ रन बनाए भने कप्तान मोइन अलीले ७ रनमात्र बनाउन सके। यस्तै लेविश जर्जरीले ११ रन बनाए।

क्लान्दरका लागि लाहिरु कुमाराले २ विकेट लिए।

लक्ष्य पछ्याउन क्लान्दर केही समयपछि मैदानमा आउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *