स्पेनद्वारा गोलको वर्षा

डिसी नेपाल
३० कार्तिक २०७६ ७:१६

काठमाडौं । युरोकप छनोटमा स्पेनले माल्टालाई ७–० गोल अन्तरले हराएको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा स्पेनले माल्टमाथि फराकिलो जित निकाल्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

सान्टी काजोरलाले स्पेनका लागि चार बर्षमा पहिलो गोल गर्दा टिमले एकतर्फी जित निकालेको हो। आर्सनलका पुर्व मिडफिल्डर चोट मुक्त हुँदै गत बर्षमात्र फुटबलमा फर्किएका थिए ।

खेलमा अग्रता स्पेनले २३ औ मिनेटमा चेल्सीका पुर्व स्टार अल्भारो मोराटाको गोलबाट लिएको थियो । सान्टी काजोरलाले २४ औ मिनेटमा स्पेनको अग्रता दोब्बर बनाएका थिए ।

पाउ टोरेसले ६३ औ मिनेटमा स्पेनलाई ३–० ले अघि बढाए । लगत्तै अर्को मिनेटमा पाब्लो साराबियाले स्पेनका लािग चौथो गोल गरेका थिए । ड्यानी ओलमोले ६९ औ मिनेटमा गोल गर्दै स्पेनलाई ५–० ले अघि बढाए ।

७१ औ मिनेटमा स्पेनले छैटौ गोल गर्यो । सो गोल जेरार्ड मोरेनोले गरेका थिए । खेल सकिन पाँच मिनेट बाँकी रहँदा जिसस नविसले गोल गर्दै स्पेनलाई ७–० को जित निकाल्न मदत गरे ।

टोरेस र ड्यानी दुवै बेन्चबाट मैदान छिर्दै गोल गरेका थिए । समूह एफको शीर्ष स्थानको स्पेनले ९ खेलबाट २३ अंक जोड्यो । माल्टा ३ अंक सहित समूहको पुछारमा रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *