रोहितको निर्णायक गोलमा पर्सिजाको संघर्षपूर्ण जित

डिसी नेपाल
३० कार्तिक २०७६ ८:१०

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा संघर्षपूर्ण जित निकालेको छ। लिग अन्तर्गत शुक्रबार भएको खेलमा जकार्ताले पेर्सेला लामोनगानलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

जकार्ताको जितमा मार्को सिमिकले दुई गोल गरे । यस्तै हेरी सुसान्टो र रोहितले एक एक गोल गरे । लामोनगानका केइ हिरोसे,सुगेन्ग इफेन्दी र डेल्भीन रुम्बिनोले एक एक गोल गरे । खेलको ७० औं मिनेटसम्म ३–३ गोलको बराबरी रहेको अवस्थामा रोहितले गोल गर्दै जकार्तालाई जित दिलाएका हुन् ।

जितसँगै साविकको विजेता समेत रहेको जकार्ताले २७ खेलमा ३४ अंक जोडेको छ । र, जकार्ता लिगको १२ औं स्थानमा रहेको छ । २७ खेलबाट २५ अंक जोडेको लामोनगान रेलिगेसन जोनमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *