सन्दीपको टिमले बनायो उच्च स्कोर, दिल्ली बुल्सलाई १११ रनको लक्ष्य
काठमाडौं। टि टेन लीग अन्तर्गत शनिबारको दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आवद्ध कनार्टका टकर्सले दिल्ली बुल्सलाई १११ रनको लक्ष्य दिएको छ।
जारी लीगमा टकर्सले बनाएको ११० रन सबैभन्दा उच्च स्कोर हो। टकर्सका लागि श्रीलंकाली खेलाडी उपुल थरंगाले विस्फोटक ब्याटिंग गरे।
उनले २२ बलमा ४८ रन बनाए। अर्धशतकको नजिक रहेका उनी निराशाजनक रुपमा रनआउट हुन पुगे।
यस्तै अफगानी खेलाडी सफिमुल्ला सफिकले २१ बलमा ३४ रन बनाए।
दिल्लीका लागि रवी रामपालले २ विकेट लिए। दिल्लीले शुक्रबार भएको पहिलो खेल जितेको थियो भने आज दोस्रो खेल खेलिरहेको छ। उता टकर्सको भने यो पहिलो खेल हो। लीगमा ८ टिम सहभागी छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment