सन्दीपको घातक बलिंग, पहिलो बलमै गरे बोल्ड

डिसी नेपाल
३० कार्तिक २०७६ २०:५५

काठमाडौं। टि टेन लीग अन्तर्गत शनिबारको दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आवद्ध कनार्टका टकर्सले दिल्ली बुल्सलाई १११ रनको लक्ष्य दिएको छ। जवाफी ब्याटिंग गरेको दिल्लीले खराब शुरुआत गरेको छ।

३ ओभरमा २८ रन बनाउँदा महत्वपूर्ण ३ विकेट गुमाएको छ। उसले ओपनर पौल स्टर्लिग र कुशल परेरालाई गुमाएको हो। सन्दीप लामिछानेले चौथो ओभरको पहिलो बलमै उस्मानलाई बोल्ड गरे।

जारी लीगमा टकर्सले बनाएको ११० रन सबैभन्दा उच्च स्कोर हो। टकर्सका लागि श्रीलंकाली खेलाडी उपुल थरंगाले विस्फोटक ब्याटिंग गरे।

उनले २२ बलमा ४८ रन बनाए। अर्धशतकको नजिक रहेका उनी निराशाजनक रुपमा रनआउट हुन पुगे।

यस्तै अफगानी खेलाडी सफिमुल्ला सफिकले २१ बलमा ३४ रन बनाए।

दिल्लीका लागि रवी रामपालले २ विकेट लिए। दिल्लीले शुक्रबार भएको पहिलो खेल जितेको थियो भने आज दोस्रो खेल खेलिरहेको छ। उता टकर्सको भने यो पहिलो खेल हो। लीगमा ८ टिम सहभागी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *