सन्दीपको टिमको धमाकेदार जित

डिसी नेपाल
३० कार्तिक २०७६ २१:२८

काठमाडौं। यूएईको आबुधाबीमा जारी क्रिकेटको सबैभन्दा छोटो प्रारुप टी टेन लीगमा शनिबार नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध कर्नाटका टस्करले दिल्ली बुल्सलाई १९ रनले पराजित गरेको छ। १११ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेटमा ९१ रन बनायो।

जितसँगै टस्करले लीग जितबाट शुरु गरेको छ। टस्करको जितमा सन्दीप लामिछानेले एक विकेट लिए। खेलको चौथो ओभरमा बलिंग गरेका उनले पहिलो बलमै उस्मानलाई बोल्ड गरेका थिए। पहिलो ओभरमा मात्र ३ रन दिएका सन्दीप दोस्रो ओभरमा भने महंगो भएका थिए।

श्रीलंकन खेलाडी एन्जोलो म्याथ्युजले लगातार दुई छक्का प्रहार गरेका थिए।

सन्दीपले आफ्नो दुई ओभरमा १९ रन दिए।

दिल्लीका लागि म्याथ्युजले सर्वाधिक २१ बलमा ३१ रन बनाएका थिए। उनी आउट भएसँगै खेल टस्करतर्फ मोडिएको थियो।

जारी प्रतियोगतामा टस्करले सबैभन्दा उच्च स्कोर बनाउने क्रममा ११० रन बनाएको थियो। टस्करका लागि श्रीलंकन खेलाडी उपुल थरंगाले सर्वाधिक ४८ रन बनाएका थिए।

जारी लीगमा एक खेल जितेको दिल्लीको पहिलो हार पनि हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *