तीन वर्षभित्र प्रत्येक घरघरमा खानेपानी : कार्यवाहक मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ तनहुँको भानु नगरपालिका–३ स्थित चाम्बास वृहत लिफ्टिङ खानेपानी आयोजनाको शनिबार शिलान्यास गर्दै । रु चार करोड ९९ लाखको लागतमा खानेपानी योजना निर्माण हुन लागेको हो । तस्वीर : कृष्ण न्यौपाने (रासस)
गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले तीन वर्षभित्र प्रत्येक घरधुरीमा खानेपानी पुर्याइने बताएका छन् ।
तनहुँको भानु नगरपालिका–३ चाम्बास बृहत् लिफ्टिङ खानेपानी योजनाको आज शिलान्यास गर्दै उनले खानेपानी सुविधा नपुगेका हरेक घरमा खानेपानी सुविधा पु¥याउन प्रदेश सरकार लागिपरेको बताए ।
कार्यवाहक मुख्यमन्त्री गुरुङले स्थानीय तहसँग मिलेर घरघरमा खानेपानी सुविधा पु¥याउन प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने बताउँदै अझै पनि प्रदेशका धेरै जिल्लामा खानेपानीको सुविधा पुग्न सकेको छैन भने । उनले भने, ‘ती सबै घरधुरीमा तीन वर्षभित्र खानेपानी पुर्याइन्छ ।’
रु चार करोड ९९ लाख ९२ हजार १४० को लागतमा सो खानेपानी आयोजना निर्माण हुन लागेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए । तीमध्ये करीब ५० लाख स्थानीयवासीको लागत सहभागिता रहने उनले जानकारी दिए ।
खानेपानी योजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको चाम्बास बृहत् लिफ्टिङ खानेपानीका अध्यक्ष पूर्णबहादुर तामाङले जानकारी दिए । मस्र्याङ्दी नदीको पानीलाई डेढ किलोमिटर माथि तानेर २७६ घरधुरीमा खानेपानी सुविधा पुर्याइने बताए ।
खानेपानीको असुविधा रहेको यस ठाउँमा खानेपानी आयोजना शिलान्यास भएसँगै खुशी छाएको स्थानीयवासी हरिमाया थापाले जानकारी दिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment