हाजार्ड दाजुभाई चम्किँदा यूरो छनोटमा बेल्जियमको सहज जित

डिसी नेपाल
१ मंसिर २०७६ ६:४५

एजेन्सी । बेल्जियमले युरोकप छनोटमा सहज जित हात पारेको छ। शनिबार राति भएको खेलमा बेल्जियमले रुसलाई ४–१ गोल अन्तरले हराएको छ ।

बेल्जियम यसअघिनै युरोकपमा छनोट भईसकेको थियो । बेल्जियमले छनोटको अन्तिम खेलमा साईप्रससंग खेल्नेछ । रुस समेत दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट पक्का गरिसकेको छ ।

जितसंगै बेल्जियमले युरोकप छनोट अन्तर्गत समूह आईबाट शीर्ष स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्ने भएको छ । हाजार्ड दाजुभाईले तीन गोल गर्दा बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरेका थिए । खेलको १९ औँ मिनेटमा थोर्गान हाजार्डले बेल्जियमलाई अग्रता दिलाए ।

३३ औँ मिनेटमाम ईडेन हाजार्डले अग्रता दोब्बर पारे । उनैले ४० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० ले अघि बढाए । ७२ औ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई जित नजिक पुर्याएका थिए । ७८ औ मिनेटमा घरेलु टोली रुसका जोर्जिया जकियाले एक सान्त्वना गोल फर्काएका थिए ।

शीर्ष स्थानको बेल्जियमको ९ खेलबाट २७ अंक रह्यो । दोस्रो स्थानको रुसको २१ अंक रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *