जर्मनी र नेदल्याण्ड्स युरो कपमा छनोट

डिसी नेपाल
१ मंसिर २०७६ ७:४१

एजेन्सी । अर्को वर्ष हुने युरो कपका लागि जर्मनीले आफ्नो स्थान सुरक्षित गरेको छ । टोनी क्रुजले दुई गोल गर्दा जर्मनीले बेलारुसलाई ४–० ले हराउँदै जर्मनी समूह सीको शीर्ष स्थानमा उक्लिएको छ ।

माथियास जिन्टरले ४१औं मिनेटमा गोल गर्दै जर्मनीलाई हाफटाइम अघि एक गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा लियोन गोरेज्काले गोल गरेपछि जर्मनीले अग्रता दोब्बर बनायो ।

५५औं मिनेटमा टोनी क्रुजले गोल गर्दै जर्मनीको अग्रता ३–० मा लम्ब्याए । ८३औं मिनेटमा टोनी क्रुजले ब्यक्तिगत दोस्रो गोल गरे । जितसँगै जर्मनी समूह सीको शीर्ष स्थानमा उक्लिँदै अर्को वर्ष हुने प्रतियोगितामा स्थान बनाउन सफल भएको छ ।

यस्तै यो समूहबाट नेदरल्याण्ड्स पनि छनोट भएको छ । उत्तर आयरल्याण्डलाई गोलरहित बराबरीमा रोक्दै नेदरल्याण्ड्सले सन् २०१४ पछि पहिलो मुख्य प्रतियोगिता खेल्ने अवसर पाउने भएको हो । जर्मनीभन्दा नेदरल्याण्ड्स दुई अंकले पछि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *