टी१० लिगः दोस्रो खेलमा रसेलको टिम वारियर्सको लजास्पद हार

डिसी नेपाल
१ मंसिर २०७६ ८:०७

काठमाडौं । यूएईमा जारी टी–१० लिगको दोस्रो दिनको तेस्रो खेलमा नर्दन वारियर्सले लज्जास्पद हार बेहोरेको छ । आफ्नो दोस्रो खेलमा वारियर्स कलन्दर्ससँग ६६ रनले पराजित भएको हो ।

कलन्दर्सले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको वारियर्सले ९ ओभरमै सम्पूर्ण विकेट गुमाएर ४६ रन मात्र बनाउन सक्यो ।

उसका लागि साम बिलिंग्सले १४ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । आन्द्रे रसेल, डारेन शमी, सिकन्दर राजा, क्रिस ग्रिन जस्ता नाम चलेका खेलाडी भए पनि आफ्नो दोस्रो खेलमा नर्दन वारियर्सले फराकिलो हार बेहोर्न बाध्य भयो ।

बलिङमा कलन्दर्सका लाहिरु कुमारा, जर्ज गार्टनले ३–३, सीककुगेस प्रसन्ना र क्रिस जोर्डनले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको कलन्दर्सले निर्धारित १० ओभरमा४ विकेट गुमाएर ११२ रन बनाएको थियो। कलन्दर्सका टम ब्यान्टनले ५३, जोर्डन क्लार्कले १५, कुकि रोञ्चीले १४, फिलिफ साल्टले ११ र क्रिस जोर्डनले नटआउट १० रनको योगदान दिए । बलिङमा क्रिस ग्रिन, नुवान प्रदीप, आन्द्रे रसेल र रायद इमरितले एक–एक विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *