पारस आवद्ध आबुधाबीको शानदार जित
काठमाडौं। यूएईमा जारी टी टेन लीग प्रतियोगिताको आइतबारको खेलमा नेपाली क्रिकेटर आवद्ध टिम आबुधाबीले जित हात पारेको छ। दुई खेल खेको आबुधाबीको यो पहिलो जित हो।
पहिलो जित हात पार्ने क्रममा आबुधाबीले नर्दन वारियर्सलाई ६ विकेटले पराजित गरेको हो। ९३ रनको लक्ष्य पाएको आबुधाबीले ४ विकेट गुमाएर ९ औं ओभरमा खेल जितेको हो।
आबुधाबीको जित ल्यूक राईटले ४८ रन बनाए भने कप्तान मोइन अलीले ३० रन बनाए। पारसले नटआउट एक रन बनाए। टिमलाई जितका लागि २ रन आवश्यक हुँदा नाटकीय रुपमा आबुधाबीले तीन विकेट गुमाएको थियो।
पारसले एक बलमा एक रन बनाउँदै स्कोर लेभल गरे भने एल डेभिसले विजयी एक रन बनाए। पहिलो खेल बराबरी खेलको आबुधाबीले दोस्रो खेलमा जित निकालेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment