सन्दीपको घातक बलिंगमा टकर्स जित नजिक
काठमाडौं। यूएईमा जारी टी टेन लीगमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले आफ्नो टिम कर्नाटाका टकर्सबाट घातक बलिंग गरेका छन्।
११५ रनको लक्ष्य पछ्याएको बांगला टाइगर्सका ओपनर आन्द्रे फ्लेचरले विस्फोटक ब्याटिंग गरिरहेका बेला सन्दीपले विकेट लिँदै टकर्सलाई खेलमा फर्काएका हुन्।
१५ बलमा ४० रन बनाएका फ्लेचरलाई सन्दीपले खेलको चौथो तथा आफ्नो पहिलो ओभरको दोस्रो बलमा स्टम्प आउट गराए।
सो ओभरमा उनले मात्र ५ रन दिएका थिए। आफ्नो दोस्रो ओभर खेलको पाँचौं ओभरमा फेरि घातक बलिंग गर्दै बांगलाका कप्तान थिसरा परेरालाई क्याचआउट गराए। सो ओभरमा बांगलाले अर्को विकेट रनआउटका रुपमा कोलिन इन्ग्रामलाई गुमाएको थियो।
यो समाचार तयार पार्दासम्म बांगलालाई जितका लागि १८ बलमा २९ रन चाहिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment