नायिका प्रियंका कार्कीले गरिन् निर्देशनमा डेब्यू, यस्तो बन्यो ‘मेरै लाहुरेको’ भिडियो

डिसी नेपाल
३ मंसिर २०७६ ७:२५

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले निर्देशन गरेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बाल गायिका आयुष्का खनियाँको मेरै लाहुरेले बोलको गीतको म्युजिक भिडियोबाट अभिनेत्री कार्कीले निर्देशनमा डेब्यू गरेकी हुन् । गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ।

अभिनेत्री कार्कीले अब निर्देशनको पाटोलाई पनि सँगै अघि बढाउने बताएकी छिन् । उनको निर्देशनमा तयार भएको वेभ सिरिज अहिले युट्युबमार्फत सार्वजनिक भईरहेको छ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । गीतको मिक्सिङ÷मास्टरिङ भने किसोर थापाले गरेका हुन् ।

काठमाडौको पार्क भिलेज रिसोर्टमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले छायांकान गरेका हुन् । रेडियो अडियो मिडिया पार्टनर तथा शुभ मिडियाको निर्माण व्यवस्थापनमा छायांकन भएको म्युजिक भिडियोको सम्पादन सन्देश शाह तथा रङ संयोजन रेनिश फागोले गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *