नयाँ नक्साप्रति जर्मनस्थित भारतीय दूतावासमा विरोध प्रदर्शन

डिसी नेपाल
३ मंसिर २०७६ १७:१६

जर्मन । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि जर्मनमा रहेका नेपालीले पनि सो नक्साप्रति आपत्ति जनाउँदै विरोधमा उत्रेका छन्।

नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभागमा समेटेपछि उनीहरूले मंगलबार फ्र्यांकफर्टस्थित भारतीय दूतावास अगाडि सीमा अतिक्रमणको विरोध गरेका हुन्।

एनआएनए आईसीसीको निर्देशनअनुसार एनसीसीको संयोजनमा जर्मनमा कार्यरत नेपालीहरुले भारतीय दूतावास अगाडी व्यापक विरोध गरेका हुन्।

विरोध प्रदर्शनमा जर्मनस्थित नेपाली संघसंस्थाका प्रतिनिधि तथा नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदर्शनकारीले हातमा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो,’ नेपाललाई गरिने हस्तक्षेप बन्द गर१ जस्ता प्लेकार्ड बोकेका थिए। उनीहरूले दूतावास अगाडि भारतका विरुद्धमा नाराबाजी समेत गरेका थिए।

र्यालिसहित शुरु भएको विरोध कार्यक्रमको गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले नेतृत्व गरेका थिए । उनले नेपालको सीमामाथि भारतीय हस्तक्षेप सह्य नभएको भन्दै यो मुद्दामा विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्ने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *