विश्व बैंकको आर्थिक सर्वेक्षण : आर्थिक वृद्धिदर २.५ प्रतिशतले घट्ने

डिसी नेपाल
३ मंसिर २०७६ १८:४८

काठमाडौं । विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ ।

दक्षिण एसियाको आर्थिक वृद्धिदर केही घटे पनि त्यसले नेपालको आर्थिक वृद्धिदरमा भने कुनै फरक नपार्ने बैंकले मंगलबार काठमाडौंमा सार्वजनिक गरेकोे प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विप्रेषणलगायतका कारण नेपालको आर्थिक वृद्धिदर भने चालू आर्थिक वर्षभित्र ७ दशमलव १ प्रतिशत पुग्न कुनै समस्या नरहेको विश्व बैंकको अध्ययन प्रतिवेदनले देखाएको अर्थविद् विश्व पौडेलले जानकारी दिए ।

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड दिनुपर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव पनि दिएको छ ।

बजारका अवरोध हटाउने तर स्थानीय तहले नै कर उठाउने लगायतका काम गर्दा नेपालको आर्थिक वृद्धिदर झनै बढेर जाने विश्व बैंकको निष्कर्ष रहेको पनि अर्थविद् पौडेलले बताए ।

प्रतिवेदनमा उत्पादन घटेका कारण दक्षिण एसियामा भने आर्थिक वृद्धिदर केही घट्न गएको पनि स्पष्ट पारिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *