पारस आबद्ध टिम आबु धाबीको लगातार दास्रो हार

डिसी नेपाल
४ मंसिर २०७६ ६:३१

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबु धाबीले युएईमा जारी टी–१० क्रिकेट लिगमा लगातार दोस्रो हार व्यहोरेको छ ।

शेख जायद स्टेडियममा मंगलबार भएको खेलमा बंगला टाइगर्ससँग २७ रनले पराजित हुँदै आबु धाबीले लगातार दोस्रो हार व्यहोरेको हो । बंगलाले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको आबु धाबीले १० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो ।

आबु धाबीका अभिस्का फर्नान्डोले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै लुक राईटले २० रन बनाए भने अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। बंगलाका क्वाइस अहमेदले ३ तथा थिसरा परेराले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलाले १० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । बंगलाका लागि राइली रुसोले अविजित ४४ रन बनाए । यस्तै आन्द्रे फ्लेचरले ४२ तथा कोलिन इन्ग्रामले २३ रन बनाए । आबु धाबीका बेन लुन्घलिनले २ विकेट लिए ।

बंगलाविरुद्ध पारस भने प्लेईङ सेटमा परेका थिएनन् । सुरुवाती दुई खेल खेलेका पारस लगातार दोस्रो खेलमा टिम बाहिर रहेका हुन् । यस अघि सोमबार राति आबु धाबी मराठा अरेबियन्ससँग २४ रनले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *