दक्षिण कोरियाविरुद्ध ब्राजिलको जित

डिसी नेपाल
४ मंसिर २०७६ ८:०८

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियामाथि सहज जित निकालेको छ । आबु धाबीमा मंगलबार भएको मैत्रीपूर्णमा ब्राजिलले दक्षिण कोरियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

मोहमद बिन जायद स्टेडियममा लुकास पक्वेटाले नवौं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ३६ औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ६० औं मिनेटमा डानिलोले गोल गर्दै कोपा अमेरिका विजेता ब्राजिललाई ३–० को जित दिलाए। यस्तै अर्को मैत्रीपूर्ण खेलमा भेनेजुएलाले जापानलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *