इस्टोनियामाथि नेदरल्यान्ड्सको शानदार जित, विज्नाल्डमको ह्याट्रिक

डिसी नेपाल
४ मंसिर २०७६ ८:३०

एजेन्सी । युरोकप छनोट अन्तर्गत समूह चरणको खेलमा नेदरल्यान्ड्सले फराकिलो जित निकालेको छ । छनोट अन्तर्गत मंगलबार राति नेदरल्यान्ड्सले इस्टोनियालाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विज्नाल्डमले ह्याट्रिक गरे । यस्तै नाथन एन्के र म्यरोन बोअडुले एक एक गोल गरे । डेब्यु खेलाडी बोअडु नेदरल्यान्ड्सका लागि सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी समेत चुनिए । उनले १८ वर्ष ३ सय ९ दिनको हुँदा गोल गरेका हुन् ।

इस्टोनियामाथिको जितसँगै नेदरल्यान्ड्सले समूह सी मा ८ खेलमा १९ अंक जोडेको छ । नेदरल्यान्ड्स समूह दोस्रो स्थानमा छ । नेदरल्यान्ड्स यस अघि नै युरोकपमा छनोट भईसकेको छ । समूहको पुछारमा रहेको इस्टोनियाको १ अंक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *