युरोकप छनोटमा बेल्जियमकोे शतप्रतिशत जित

डिसी नेपाल
४ मंसिर २०७६ ९:१०

एजेन्सी । युरोकप छनोटमा बेल्जियमले शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमले साईप्रसलाई ६–१ गोल अन्तरले हराएको हो ।

समूह चरणको अन्तिम खेलमा शानदार जित सहित बेल्जियमले युरो छनोटलाई बिदा गरेको छ । टिम यसअघिनै युरोकपमा छनोट भईसकेको छ ।

बेल्जिमयले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकल्न सफल बन्यो । उसले १० खेलबाट ३० अंक जोड्न सफल रह्यो । साईप्रस १० अंक सहित चौथो स्थानमा रह्यो ।

बेल्जिमयको जितमा केभिन डी ब्रुईन र क्रिस्टियन बेनटेकले समान दुई तथा यानिक कारास्कोले एक गोल गरे । बेल्जियमले क्रिपरोस क्रिस्टोफोरोबाट एक गोल आत्मघाति उपहार पाएको थियो ।

खेलमा अग्रता साईप्रसले १४ औ मिनेटमा निकोलस एनोउसको गोलबाट लिएको थियो । त्यसको दुई मिनेटपछि बेनटेकले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काएका थिए ।

ब्रोईनले ३५ औ मिनेटमा बेल्जियमलाई अघि बढाउने काम गरे । ४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बेल्जियमलाई ३–१ को स्थितीमा पुर्याएका थिए ।

४४ औ मिनेटमा कारास्कोले बेल्जियमका लागि चौथो गोल गरे । क्रिस्टोफोरोले ५१ औ मिनेटमा आत्मघाति गोल गरेपछि बेल्जियम ५–१ ले अघि बढेको थियो ।

६७ औ मिनेटमा बेनटेकले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फराकिलो जित दिलाउने काम गरे । रोबर्टो मार्टिनेजको टिम बेल्जियमले युरो छनोटमा ४० गोल गर्न सफल रह्यो । र सबै १० खेलमा जित हासिल गर्यो ।

बेल्जियमले अहिलेसम्म साईप्रससंग हारेको छैन । विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जिमयले पछिल्ला १६ खेल मध्य १४ खेलमा जित निकालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *