इन्दिरा गान्धीका यी निर्णयले भारतको कायापलट भएको थियो

डिसी नेपाल
४ मंसिर २०७६ ९:४१

नयाँ दिल्ली। मंगलबार भारतको पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीको १०२ औं जन्म जयन्ती हो। इन्दिरा गान्धीलाई भारतको आइरन लेडीको नामले पनि चिनिन्छ। भारतमा इन्दिरा गान्धीको यस्तो लोकप्रियता थियो, त्यस्तो लोकप्रियता कमैको मात्र थियो।

इन्दिरा गान्धी स्वयं आफ्नो दममा कसरी ठूला ठूला निर्णय लिन सक्थिइन् भन्ने उदाहारण हुन्। त्यही भएर उनलाई विश्वका शक्तिशाली नेताको सूचीमा समावेश गरिएको थियो। इन्दिरा गान्धीले प्रधानमन्त्रीका रुपमा कयौं महत्वपूर्ण र साहसिक निर्णय गरेकी थिइन्।

इन्दिरा गान्धीेले प्रधानमन्त्रीको पदमा रहेको गरेका निर्णयप्रति मानिसमा भिन्न भिन्दै प्रतिक्रिया छन्। आज हामी इन्दिरा गान्धीले गरेका ती चर्चित निर्णयका बारेमा जानकारी दिन गइरहेका छौं जुन निर्णयले भारतको भाग्य परिवर्तन गरिदिएका थिए।

इन्दिरा गान्धीले आफ्नो कार्यकालका क्रममा १९ जुलाई १९६९ मा १४ निजी बैंकलाई राष्ट्रियकरण गरेकी थिइन्। त्यो बेला ती बैंकमाथि ठूलो औद्योगिक घरानाको कब्जा थियो। त्यो बेला मोरारजी देसाई अर्थ मन्त्री थिए। जसले इन्दिरा गान्धीको प्रस्तावप्रति असहमति जनाएका थिए।

तर, १९ जुलाई १९६९ मा एउटा अध्यादेश जारी गरियो र १४ बैंकको स्वामित्व राज्यलाई सुम्पिइयो। त्यो बेला ती बैंकसँग देशको ७० प्रतिशत जम्मापूँजी थियो। त्यस कारण इन्दिरा गान्धीको त्यो निर्णयको निकै अर्थ थियो।

भारतबाट पाकिस्तान अगल भइसकेको थियो। केही समयपछि पूर्वी पाकिस्तानका जनता सेनाको शोषणको सिकार भइरहेका थिए। त्यही क्रममा त्यहाँ शेख मुजीबुर रहमान स्वायत्तत्ताका लागि संघर्ष गरिरहेका थिए। त्यही कारण पूर्वी पाकिस्तान (हालको बंगलादेश) मा गृहयुद्ध सुरु भएको थियो।

यही बीचमा त्यहाँ विस्थापित भएका करिव १० लाख मानिस भारतको असम र अन्य राज्यमा शरण लिन आएका थिए। त्यसपछि इन्दिरा गान्धीले बंगलादेशीको अधिकारको रक्षाका लागि हस्तक्षेप गर्नु पर्यो। ज सको परिणाम स्वरुप १९७१ मा लामो संघर्षपछि एक नयाँ राष्ट्र बंगलादेशको उदय भयो।

१८ मे १९७४ मा भारतले देशको पहिलो परमाणु परीक्षण पोखरणमा गर्यो। यो परीक्षण राजस्थानको ज्यासलमेरबाट करिव १४० किलोमिटर टाढा लोहारको गाउँ नजिकै महलका गाउँमा गरिएको थियो। भारतको यो परमाणु परीक्षणबाट विश्वका ठूला देशमा खलबली मच्चिएको थियो।

अमेरिकाले आफ्नो शक्तिको फाइदा उठाउँदै आफ्नो दबदबा कायम राख्नका लागि भारतमाथि कयौं आर्थिक प्रतिबन्ध लगायो। जसलाई इन्दिरा गान्धीले स्वीकार गरिन् र भारतको विकासका लागि नयाँ बाटो खोज्न थालिन्।

जरनैल सिंह भिंडरावाले र उनका साथी नयाँ देश ‘खालिस्तान’ बनाउन चाहन्थे। भिंडरावाले र उनका साथी स्वर्ण मन्दिरमा लुकेका थिए। उनीहरुलाई समाप्त पार्न इन्दिरा गान्धीले अपरेशन ब्यूस्टार चलाउने निर्णय गरिन्।

सो अपरेशनमार्फत भारतीय सेनाले पंजाबस्थित हरिमन्दिर साहिब परसरलाई खालिस्तान समर्थक जनरल सिंह भिंडरावाले र उनका सथर्मकबाट स्वतन्त्र बनाइयो।

श्रीलंकामा वर्षौंदेखि चलिरहेको तमिल संकटलाई मध्यनजर गर्दै इन्दिरा गान्धीले एक पटक कडा निर्णय लिएकी थिइन्। इन्दिरा ब्रिटिश सेनाद्वारा श्रीलंकाका सैनिकलाई प्रशिक्षण दिने निर्णयको विरोधमा थिइन्। त्यसैले इन्दिराले आफ्नी ब्रिटिश समकक्षी मार्गरेट थैचरसँग अपिल गरिन्।  जसमा उनले श्रीलंका सेनालाई बेलायती प्रशिक्षण दिनु बन्द गर्नुपर्ने माग थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *