ऐतिहासिक उपाधि जितेका महिला भलिबल टिमलाई उपराष्ट्रपतिले गरे सम्मान

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेका छन् ।

बंगलादेशको ढाकामा सम्पन्न एभिसी सेन्ट्रल जोनमा ऐतिहासिक उपाधि जितेको नेपाली टिमलाई मंगलबार उपराष्ट्रपति पुनले उपराष्ट्रपति भवनमा सम्मान गरेका थिए ।

पहिलो संस्करणको एभिसी सेन्ट्रल जोनको च्याम्पियन बनेर नेपालको गौरव बढाएको भन्दै उपराष्ट्रपतिले सम्मान गरेका हुन् । गत बिहीबार उपराष्ट्रपतिले प्रेस विज्ञप्ति जारी गर्दै खेलाडीलाई बधाई तथा धन्यवाद दिएका थिए ।

गत कात्तिक २८ गते भएको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले पहिलो ऐतिहासिक अन्तराष्ट्रिय उपाधि जितेको थियो ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position