नर्दन आयरल्याण्डमाथि जर्मनीको आधा दर्जन गोल

डिसी नेपाल
४ मंसिर २०७६ १०:३३

एजेन्सी । युरोकप छनोटमा जर्मनीले शानदार जित आत्मसाथ गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई ६–१ गोल अन्तरले हराएको हो ।

सुरुवाती अग्रता लिएपनि नर्दन आयरल्याण्डले जर्मनीसंग ठुलो अन्तरको हार ब्यहोर्न बाध्य भयो। समूह सीमा जर्मनीले शीर्ष स्थानमा रहँदै छनोट प्रतियोगिताको अन्त्य गर्यो ।

जर्मनी ८ खेलबाट २१ अंक सहित युरोकपमा छनोट भईसकेको छ । तेस्रो स्थानको नर्दन आयरल्याण्डको १३ अंक रह्यो ।

सर्ज गन्ब्रीले ह्याटिङ गरेको खेलमा लियोन गोरेत्र्जकाले दुई तथा जुनियर ब्रान्टले एक गोल गरे। खेलमा अग्रता सातौ मिनेटमा माइकल स्मिथको गोलबाट नर्दन आयरल्याण्डले लिएको थियो ।

आयरल्याण्डका प्रशिक्षक ओनिल १० दिन अघिमात्र स्टक सिटीको प्रशिक्षक बनेका थिए । प्लेअफमा टिमको नेतृत्व गर्ने सहमती सहित उनी प्रिमियर लिग क्लबमा आबद्व भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *