आज झन् बढ्यो सुन चाँदीको भाउ, तोलाको कति ?

डिसी नेपाल
४ मंसिर २०७६ ११:२२

काठमाडौं । मंगलबार तोलामा ४ सय रुपैयाँ बढेको सुनको भाउ आज पनि झन् बढेको छ । सोमबार २ सय रुपैयाँ घटेको सुनको भाउ मंगलबार ४ सय रुपैयाँ बढेको थियो ।

आज छापावाल सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावल ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आइतबार तेजावी सुन प्रतितोला ७१ हजार ५ सय, सोमबार ७१ हजार ३ सय र मंगलबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुन बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *