आज हल्का घट्यो सुन चाँदीको भाउ

डिसी नेपाल
५ मंसिर २०७६ ११:२२

काठमाडौं । आज साताको पाँचौं दिन (बिहीबार) सुनको भाउ थोरै घटेको छ । हिजो बुधबार ७२ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आज एक सय रुपैयाँ घटेर प्रतितोला छापावल सुन ७२ हजार तथा तेजावी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तेजावी सुन प्रतितोला ७१ हजार ५ सय, सोमबार ७१ हजार ३ सय, मंगलबार ७१ हजार ७ सय र बुधबार ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *