एनसेलको नयाँ एनसेल सेन्टर नेपालगञ्जमा

डिसी नेपाल
६ मंसिर २०७६ ११:०२

काठमाडौं। एनसेलले आफ्नो ग्राहक सेवालाई थप सहजतथा परिस्कृत बनाउँदै नेपालगञ्जको पुष्पलालचोक–२ मा बिहीबार नयाँ सुविधा सम्पन्न नयाँएनसेल सेन्टर संचालनमा ल्याएको छ।

एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रम माझ उक्त सेन्टरको उद्घाटन गरेका थिए। संचालनमा आएको उक्त सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप रहेको र ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण ग्राहक सेवा प्रदान गर्न सक्षम रहेको एनसेलले जनाएको छ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ। यो योजना अन्तर्गत मंसिर ५ देखि मंसिर ७ गते सम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन्। प्राप्त डेटा भोलुम ३ दिनको लागि मान्य रहनेछ। यसका साथै मंसिर ७गते सम्मउतm सेन्टरबाट कारोबार गर्नु हुने हरेक ग्राहकले उपहार पनि प्राप्त गर्ने एनसेलले जनाएको छ।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिमखरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायतविभिन्नकर्पोरेट सेवाहरु समेत लिन सक्छन्।

त्यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिमफोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजीनम्बरहरु र विजप्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिलतिर्ने, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतकाअन्य सम्पुर्ण ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन्।  आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्घता अनुरुप यस नयाँ सेन्टरले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *