नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि ‘गुण्डा’को आक्रमण, सुरक्षा माग्दै विद्यार्थी सीडीओ कार्यालय

डिसी नेपाल
६ मंसिर २०७६ २०:२२

काठमाडौं। वीरगञ्जस्थित नेशनल मेडिकल कलजेमा अतिरिक्त शुल्क फिर्ताको माग राखी आन्दोलन गरिरहेका विद्यार्थीमाथि मेडिकल सञ्चालकहरुले ‘गुण्डा’ प्रयोग गरेर कुटपिट गराएका छन्।

विगत केही दिनदेखि नेशनल मेडिकल कलेजमा विद्यार्थीहरुले सरकारले तोकेभन्दा बढि लिएको अतिरक्त शुल्क फिर्ता गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्। शुक्रबार धर्नामा बसेका विद्यार्थीमाथि ‘गुण्डा’ले कुटपिट गरेको विद्यार्थी धनबहादुर लामाले डिसी नेपाललाई फोनमा बताए। उनले भने, ‘धर्नामा बसेका चेलीबेटीलाई एमडी सरले पालेका गुण्डाहरुले आक्रमण गरे, हामी सुरक्षाका लागि अहिले सीडीओ कार्यालय जाँदै छौं।’

नेशनल मेडिकल कलेज सत्तारुढ दल नेकपा निकट रहेका वसुरिद्दि अन्सारीको हो। सत्ताकै आडमा उनले मेडिकल कलेजमा लुट मच्चाइरहेको आरोप लागेको छ। निजी मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा करिब ८ लाख रुपैयाँ विद्यार्थीबाट बढि अशुलेका छन्। यही विषयलाई लिएर चितवन मेडिकल कलेजमा पनि विद्यार्थीहरुले आन्दोलन गरेका थिए। आन्दोलनपछि अतिरिक्त रुपैयाँ समायोजन गर्न सहमति गरेको चितवन मेडिकल कलेजले भने त्यसयता पढाई नै बन्द गरेको छ।

सरकारले मेडिकल सञ्चालकहरुलाई अतिरिक्त शुल्क फिर्ता गर्न विनम्र अनुरोधमात्र गर्दै आएको छ। जसलाई मेडिकल कलेज सञ्चालकहरुले अटेर गर्दै आएका छन्। शुक्रबार त आन्दोलनरत विद्यार्थीमाथि प्रहरीकै अगाडि ‘गुण्डा’ले कुटपिट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *