नयाँ मन्त्री आएपछि म्यानपावर व्यवसायीको विभागलाई धम्की ‘सहकार्यमा मात्र निर्णय गर्नू’

डिसी नेपाल
६ मंसिर २०७६ २१:०२

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारीमा नयाँ व्यक्ति आएपछि म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगार विभागलाई धम्कीकोशैलीमा आफुहरुसँग नसोधेर केही नगर्न भनेका छन्।

व्यवसायीहरुको छाता संगठन को छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र व्यवसायीले यसरी सहकार्यको अपेक्षा गरेता पनि वैदेशिक रोजगार विभागले कुनै सम्पर्क, संम्वाद, सहकार्य र छलफल नगरी एकतर्फी रुपमा एक पछी अर्को गर्दै विभिन्न निर्णय गर्ने, विभिन्न कागजात माग गर्ने र नयाँ नयाँ प्रावधानहरु लागु गर्ने जस्ता कार्यले व्यवसायीमा दुविधा उत्पन्न भएको देखिन्छ।’

संघले अगाडि भनेको छ, ‘एकतर्फी रुपमा गरिएका निर्णय र प्रावधानले सकारात्मक परिणाम नदिने भएकाले आगामी दिनमा ईजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीसँग सम्बन्धित निर्णय, प्रावधानहरु लागु गर्दा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ सँग सहकार्य गरी निर्णय, प्रावधान लागु गर्न गराउन वैदेशिक रोजगार विभाग लगायतका सम्बन्धित निकायमा अनुरोध गरिन्छ।’

संघले वैदेशिक रोजगारमा विभागलाई श्रमिक र सम्बन्धित निकाय बिच समन्वय सहकार्य गरी कुनै पनि निर्णय गर्दा व्यवसाय, व्यवसायी र श्रमिकको हित हुने र यसरी गरिने सहकार्य संम्वादबाट मात्र सकारात्मक परिणाम प्राप्त हुने यस नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बिश्वास रहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *