औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य

डिसी नेपाल
७ मंसिर २०७६ १५:२९

बाँके। नेपालगञ्ज औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य छ। नेपालमा रोजगारीको समस्या भइरहेको भनिरहेको अवस्थामा यहाँका औद्योेगिक क्षेत्रमा काम गर्ने अधिकांश कामदार भारतीय रहेका छन्। धातुजन्य तथा प्लाइउड उद्योगलाई चाहिने दक्ष जनशक्ति नेपालमा नहुँदा भारतीय कामदारको बाहुल्य रहेको छ।

नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार एक हजार ५०० कामदारमध्ये औद्योगिक क्षेत्रमा करीब एक हजार भारतीय कामदार रहेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार अन्य उद्योगमा भन्दा धातुजन्य र प्लाइउड उद्योगमा अधिकांश भारतीय मजदुर कार्यरत छन्।

जनशक्तिको अभावका कारण भारतीय कामदारको प्रयोग अत्यधिक रहेको उनले बताए। दक्ष जनशक्ति उत्पादन भए भारतीय कामदार विस्थापित हुँदै जाने उहाँको भनाइ छ। प्राविधिक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था खुलिरहेका कारण विस्तारै भारतीय जनशक्ति विस्थापित हुँदै जाने पुनले बताए।

नेपालमै दक्ष जनशक्ति नभएकै कारण नेपाली मजदुरभन्दा भारतीय मजदुर राख्नुपरेको कार्यालय प्रमुख पुनको भनाइ छ । उनले नेपालमा दक्ष जनशक्ति कम भएकाले समस्या रहेको बताए। उहाँले भने, “हामीले नेपाली दक्ष कामदार नै राख्नका लागि प्राथमिकता दिने भनिए पनि दक्ष कामदारको अभाव रहेकाले समस्या छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *