पोखराको समग्र विकासको सारथी बन्छु : विद्या

डिसी नेपाल
७ मंसिर २०७६ १६:१०

पोखरा। कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समग्र विकासमा आफू सारथी बन्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

पोखरा महानगरपालिका–२० भलाममा घरदैलो कार्यक्रमपश्चात् आज आयोजित चुनावीसभामा उनले चुनावमा जीतसँगै यस क्षेत्रका भौतिक पूर्वाधार विकास एवम् जनताका आधारभूत आवश्यकतालाई प्राथमिकताका साथ अघि बढाइने आश्वासन दिइन्।

संविधानले व्यवस्था गरेको महिला हकअधिकारको संरक्षणमा आफू लाग्न
जनाउँदै उनले युवा शक्तिको सीप र महिलाको सशक्तीकरण ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार भएको बताइन्।

स्व. रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा र महिला नेतृत्व स्थापित गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको बताउँदै उनले आप्mनो जीतसँगै संविधान कार्यान्वयनमा जोड दिइने स्पष्ट पारिन्।

सो अवसरमा नेकपा गण्डकी प्रदेश सहइन्चार्ज एवम् पूर्वमन्त्री खगराज अधिकारीले भलाम क्षेत्रलाई मध्य पहाडी लोकमार्गले जोडेसँगै विकास निर्माणले काँचुली फेर्ने बताउँदै यस क्षेत्रको समग्र विकास निर्माणमा पार्टी र सरकारको ध्यानाकर्षण भएको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *