मन्त्रीलाई बधाई दिन गएका म्यानपावर व्यवसायीले भने, ‘सहकार्य विना केही नगर्नू’

डिसी नेपाल
८ मंसिर २०७६ १६:४९

काठमाडौं। आम निर्वाचनपछि नेकपाको सरकार बनेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएर आएका गोकर्ण विष्टले २०७५ जेठको पहिला हप्ताम एक निर्णग गर्दै मलेशिया रोजगारी बन्द गरिदिएपछि तर्सिएका वैदेशिक रोजगार व्यवसायीहरु भने नयाँ मन्त्री आएपछि उनलाई शुरुमै प्रभावमा पार्ने चलखेलमा लागेका छन्।

प्रधानमन्त्री केपी ओलीले हालै मन्त्रिमण्डल पुगर्ठन गर्दा तत्काली श्रममन्त्री गोकर्ण विष्ट बाहिरिए भने रामेश्वर राय यादव भित्रिए। सोही दिन म्यानपावर व्यवसायीहरुले सामाजिक सञ्जालमा विष्टलाई सांकेतिकरुपमा आलोचना गरेका थिए।

व्यवसायीले विष्टको आलोचना गरेपछि व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले एक विज्ञप्ति जारी गर्दै विभागीय मन्त्रीबारे सामाजिक सञ्जालमा टिप्पणी नगर्न व्यवसायीलाई अनुरोध गर्नुपरेको थियो।

यसपछि अर्को दिन संघले विज्ञप्ति जारी गर्दै आफुहरुको सल्लाहा नलिई कुनै पनि निर्ण नगर्न वैदेशिक रोजगार विभागलाई धम्कीशैलीमा सुझाव दिएका थिए।

व्यवसायीहरुले यो ‘धम्की’ आइतबार पनि दोहोर्याए – त्यो पनि नयाँमन्त्रीलाई बधाई दिन उनकै सचिवालयमा पुगेर। आइतबार नयाँमन्त्री यादवलाई बधाई दिन व्यवसायी संघका पदाधिकारी सिंह दरबार पुगेका थिए।

संघका अध्यक्ष विष्णु गैह्रेले भने, ‘मन्त्री ज्यू नयाँ आउनु भएको छ। वैदेशिक रोजगार व्यवसाय डामाडोल अवस्थामा छ। हजुरले समस्या बुझेर निर्णय गर्नुहोला। हामी साह्रै मर्कामा छौं। करोडौं लगानी गरेका छौं। सरकारले गर्ने विभिन्न निर्णयले हामीलाई अप्ठ्यारो पर्ने गरेको छ। कुनै पनि नयाँ नीति लागुगर्दा व्यवसायीका कुरा सुने यसले राम्रो हुन्छ।’

जवाफमा मन्त्री यादवले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता गरे। उनले यो व्यवसायीलाई समस्यामा नपार्ने र श्रमिकलाई पनि समस्यामा नपार्ने गरी कामहरु हुने बताए। उनले सरकारले गर्ने निर्णय व्यवसायीले मान्नुपर्नेसमेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *