अनुष्का श्रेष्ठलाई मिस वर्ल्डमा जिताउन एनआरएनए यूकेको सकृयता

डिसी नेपाल
९ मंसिर २०७६ १०:१५

लण्डन। मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुन मिस नेपाल अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन्। मिस वर्ल्ड २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन उनी बुधबार साँझ लण्डन आइपुगेकी थिइन्।

यस वर्षको मिस वर्ल्ड प्रतियोगिता आउँदो डिसेम्बर १४ मा लण्डनमा आयोजना हुँदैछ। जसमा विश्वका करिब १ सय १० भन्दा बढी देशको सहभागिता रहनेछ।

अबको दुई साता अनुष्का विभिन्न चरणका प्रशिक्षण र प्रतिस्पर्धाहरूमा व्यस्त रहनेछिन्। विशेषगरी प्रतियोगितामा मल्टिमिडिया अवार्ड जित्नको लागि उनलाई ‘अनलाइन लाइक’को आवश्यक पर्छ।

लन्डन आउनु अगाडि मिस नेपाल अनुष्काले  एनआरएनएसँग एक समझदारी गर्दै आफूले संघको सद्भावना दूतको रुपमा कार्य गर्ने सहमति गरेकी थिइन्। सोही सहमतिअनुसार एनआरएनले पनि आफ्नो सञ्जालमार्फत अनुष्कालाई सहयोग गर्ने भएको छ।

यसैबीच एनआरएनए यूकेका महिला पदाधिकारीहरूले मिस नेपाल अनुष्कासँग लन्डनमा भेटघाट गरेका छन्। अध्यक्ष पुनम गुरुङ र महिला संयोजक प्रसुना कँडेलले अनुष्कासँगको भेटमा एनआरएनको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका थिए।

विश्वभरका नेपालीको साथ र हौसलाले उत्साहित अनुष्काले मिस वर्ल्ड जिताउन सबै नेपालीले आ९आफनो ठाउँबाट सक्दो सहयोग गर्ने आशा गरेको बताएकी थिइन्।

भेटमा गैरआवासीय नेपाली संघ बेलायतले यहाँस्थित नेपाली समुदायसँग अनुष्काको भेटघाट कार्यक्रमको आयोजना गर्ने सम्बन्धमा समेत छलफल भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *