लोकतन्त्रको रक्षाका लागि काँग्रेस जित्नुपर्छ : नेता सिंह
पोखरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कास्की क्षेत्र नं. २ मा नेपाली काँग्रेसलाई जिताएर लोकतन्त्रको पक्षमा सकारात्मक सन्देश दिन आम मतदातालाई आग्रह गरेका छन्।
नेपाली काँग्रेसको पोखरामा आयोजित चुनावी सभामा उनले मुलुकलाई लोकतान्त्रिक पद्धति अनुरुप अगाडि बढाउन काँग्रेस जित्नु जरुरी रहेको बताएका हुन्। नेता सिंहले कालापानी, लिपुलेकको विषयमा सरकार ठोस् रुपमा अग्रसर नभएको आरोप लगाउँदै लोकतन्त्रको पक्षमा देश विदेशमा सकारात्मक सन्देश दिन काँग्रेस जित्नु पर्नेमा जोड दिए।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको विषयमा काँग्रेसलाई कसैले पाठ सिकाइरहन आवश्यक नपर्ने भन्दै विकास र समृद्धिका जति ठूला कुरा गरे पनि नेपाली काँग्रेसकै पालामा बनेको गोरेटोमा मुलुक अघि बढिरहेको उल्लेख गरे।
पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली काँग्रेसको मुख्य शत्रु भ्रष्टाचार, बलात्कार, हिंसा र लम्पसारवाद भएको भन्दै यसबाटमुक्ति पाउन पनि काँग्रेसले चुनाव जित्नुपर्ने आवश्यकता औंल्याए।
नेपाली काँग्रेसका नेतृ एवं सांसद विन्दादेवी राना र नेता देवराज चालिसेले यो चुनाव पार्टी–पार्टी, उम्मेदवार–उम्मेदवारबीचको होइन, भ्रष्टाचार विरुद्ध र लोकतन्त्रको रक्षाका लागि निकै महत्वपूर्ण रहेको बताएकी छन्।
उम्मेदवार खेमराज पौडेलले संविधान, राष्ट्रियता र लोकतन्त्र रक्षा गर्नका लागि आफ्नो उम्मेदवारी भएको भन्दै आपूmले जनता सामु गरेका वाचा कहिल्यै नभुल्ने बताए। कार्यक्रममा पूर्वमन्त्री भीमसेनदास प्रधान, कास्की काँग्रेस सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, महिला नेतृ शारदा पौडेल, क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला मधु, पोखरा–११ का वडा इकाइ सभापति बोधराज घिमिरे र सचिव वसन्त कोइराला लगायतले आ–आफ्नो धारणा राखेका थिए। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment