अर्घाखाँची बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

डिसी नेपाल
१२ मंसिर २०७६ १३:०८

काठमाडौँ । अर्घाखाँचीमा बस दुर्घटनामा परी १९ जनाको ज्यान गएको प्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, अर्घाखाँचीमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु तथा १८ जना घाईते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख प्रकट गर्दछ।

साथै, “दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको जतिसक्दो चाडै सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गर्दछौँ”  विज्ञप्तीमा भनिएको छ।

बुधबार बेलुका सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क–६ नरपानीमा दुर्घटना हुँदा गाडी धनी सितगंगा–२ का सन्तबहादुर बस्नेत र चालक कपिलवस्तुका ओमबहादुर थापासहित १९ जनाको ज्यान गएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *