सप्तरीमा हालसम्म ४ सय ३९ उद्योग दर्ता

डिसी नेपाल
१२ मंसिर २०७६ १६:४८

सप्तरी । सप्तरी जिल्लामा हालसम्म उद्योगको सङ्ख्या ४ सय ३९ पुगेको छ । १ सय ७५ उद्योग चालु आर्थीक बर्षको कात्तिक मसान्तसम्म दर्ता हुँदा उद्योगको सङ्ख्या ४ सय ३९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।

नयाँ उद्योग दर्ताबाट ३८ लाख ७२ हजार ६ सय ४० राजश्व सङ्कलन भएको र ५ सय ८३ लाई रोजगारी सिर्जना भएको उद्योग अधिकृत सन्तोषकुमार साहले बताए। आर्थिक वर्ष ०७५÷७६ मा जम्मा ४ सय ३९ उद्योगले भने १ हजार ४ सय ४ लाई रोजगारी दिएको छ । कूल पूँजी ३८ करोड ६९ लाख ८१ हजार रहेका उद्योगले प्रति उद्योग करीब चार जनालाई रोजगारी सिर्जना गरेका उद्योग अधिकृत साहले बताए।

कार्यालयले उद्योग र वाणिज्य दुवै तर्फबाट १ करोड ७९ लाख ७३ हजार ६ सय ६८ राजश्व आम्दानी गरेको साहले जानकारी दिए। मुलुकको आर्थिक विकास र समृद्घिको आधार स्तम्भ उद्योग नै रहेको भन्दै साहले स्वावलम्बी तथा आत्मनिर्भर भई उद्योग व्यवसाय दर्ता गर्ने प्रक्रियामा तीव्रता आएको बताएका छन्।

घरेलु तथा साना उद्योग र उत्पादनले प्रोत्साहन पाएकामा खुशी व्यक्त गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले ठूला उद्योग स्थापना गर्न प्रदेश र संघीय सरकारले जोड दिनुपर्ने बताए। उद्योगको विकास नभए जिल्ला र मुलुकको विकास नहुने भन्दै प्रधानले सबै निकायले एक भएर औद्योगिक वातावरण बनाउनुपर्नेमा जोड दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *