साताभरी नै उचार चढावमा रह्यो धितोपत्र बजार

डिसी नेपाल
१४ मंसिर २०७६ १६:१९

काठमाडौं । धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच कारोवार दिनमा बुधबार मात्रै बजारले केही सुधारको सङ्केत गरेको भए पनि अन्य दिन नकारात्मक नै रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १ सय ६८ कम्पनीको शेयर कारोवार भयो । कूल ५१ लाख ५१ हजार २ सय २७ कित्ता शेयर १ अर्ब ३२ करोड १० लाख १७ हजार १ सय ३५ मा कारोवार भयो । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार सो दिन नेप्से १०.५४ बिन्दुले घटेर १ हजार १ सय १०.०८ बिन्दुमा पुग्यो । कूल १ सय ६२ कम्पनीका ९ लाख २९ हजार ७ सय ४४ कित्ता शेयर २८ करोड पाँच लाख ३४ हजार ४ सय १५ मूल्यमा खरिद–बिक्री भए ।

सोमबार भने बजारमा रमाइलो दृश्य देखाप¥यो । निरन्तर ओरालो लाग्दै आएको बजार सोमबार यथास्थितिमा रह्यो । नेप्से परिसूचकमा कुनै बदलाव देखिएन । नेप्से परिसूचक शून्यकै अवस्थामा रह्यो । त्यस दिन कूल १ सय ६८ कम्पनीका १० लाख ७८ हजार १६ कित्ता शेयर २८ करोड ८८ लाख ५८ हजार ४ सय ८४ मूल्यमा खरिद–बिक्री भए । मङ्गलबार भने नेप्से परिसूचक झिनो अङ्कले घट्यो । सो दिन नेप्से ०.९१ बिन्दुले घटेर १ हजार १ सय ९.१६ बिन्दुमा झ¥यो ।

नेप्से आरोलो लागे पनि कारोवार रकम भने सामान्य रहन पुग्यो । कूल १ सय ६५ कम्पनीका ११ लाख ३४ हजार १५ कित्ता शेयर २९ करोड ५८ लाख ६९ हजार १ सय ८० मूल्यमा खरिद–बिक्री भए । बुधबार भने बजारमा सुधार देखाप¥यो । नेप्से परिसूचक ८.३० अङ्कले वृद्धि भएर एक हजार १ सय १७.४६ मा पुग्यो । कूल १ सय ६५ कम्पनीका सात लाख ३८ हजार ४ सय ४६ कित्ता शेयर २१ करोड २३ लाख ६३ हजार ७ सय ३६ मा खरिदबिक्री भए ।

बुधबारको सुधार बिहीबार टिक्न सकेन । त्यस दिन नेप्से परिसूचक ४.६७ बिन्दुले घटेर १ हजार १ सय १२.७९ मा पुग्यो । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आयो । कूल १ सय ६६ कम्पनीका १२ लाख ७१ हजार छ कित्ता शेयर २४ करोड ३३ लाख ९१ हजार ३२० मूल्यमा खरिदबिक्री भए ।

नेप्सेमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भए । त्यसमा नेको इन्सुरेन्सका १४ लाख ११ हजार ५३४ कित्ता शेयर लाभांश, नेपाल इन्सुरेन्स कम्पनीका ७ लाख ६४ हजार ३ सय २७ कित्ता शेयर लाभांश, प्राइम लाइफ इन्सुरेन्सका २२ लाख ३१ हजार ४३ कित्ता शेयर लाभांश, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका १ करोड २ हजार ३ सय ८८ कित्ता शेयर सूचीकृत भए । त्यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *