टर्की र मेसोडोनियाको भ्रमण गरी नेपाल स्वदेश फिर्ता

डिसी नेपाल
१४ मंसिर २०७६ १८:०७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल टर्की र मेसोडोनियाको भ्रमण गरी शनिवार स्वदेश फर्केका छन्।

टर्कीको इस्तानबुलमा आयोजना हुने ‘दशौँ बोस्फोरस सम्मेलन’ मा सहभागी हुन उनि मङ्सिर ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए। टर्कीपछि उनि मेसोडोनिया गए। मेसोडोनियामा रहँदा उनले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसंग भेटवार्ता गरेको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

टर्कीमा हुने सम्मेलनमा गत शनिबार उनले नयाँ विश्व व्यवस्था, मानवकेन्द्रित विकास, प्रविधि र सुशासनका विषयमा सम्बोधन थिए। टर्कीका राष्ट्रपतिको निमन्त्रणामा उनि त्यसतर्फ गएका हुन्। सम्मेलनमा विश्वका विभिन्न देशका पूर्वसरकार प्रमुखको सहभागिता रहेको थियो ।

मेसोडोनियामा उनी बालकोन विश्वविद्यालयमा अतिथि प्राध्यापकको रुपमा सहभागी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *