भारतीय प्रधानमन्त्री मोदीले पठाए प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना सन्देश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर भारतीय समकक्षी नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन् । शनिबार एक सन्देश पठाउदै मोदीले प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारत सम्बन्धलाई थप उचाईमा पुर्याउन ओलीसँग थप सहकार्यका लागि आफू तयार रहेको बताएदै प्रधानमन्त्री ओलीको थप उपचारका लागि आवश्यक सहयोग गर्ने प्रस्ताव समेत राखेका छन् ।
प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । उनी अहिले सेन्टरको सघन उपचार कक्षमा छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएको प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment